• परीक्षा बोर्डको बैठक बस्दै, कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने तयारी

  • काठमाडौं । आज बिहान राष्ट्रिय परीक्ष बोर्डको बैठक बस्दैछ । बिहान ९ बजे बैठक बोलाइएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि बैठक बस्न लागेको हो । नतिजा आजै सार्वजनिक गर्ने तयारी बोर्डले गरेको छ ।

    परीक्षा नियन्त्रक शर्माका अनुसार नतिजा प्रकाशनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।

    कोभिड-१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय