• विश्व घटनाः हेर्नुहोस् आजको दिनमा के के भएका थिए

  • काठमाडौं । आज २ डिसेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटना ।

    बेनेजिर भुट्टो पाकिस्तानको प्रधानमन्त्री
    सन् १९८८ मा पाकिस्तानकी महिला नेतृ बेनेजिर भुट्टो प्रधानमन्त्रीको सपथ लिएकी थिइन् । उनी उनी मुस्लिम धर्म मान्ने देश पाकिस्तानको पहिलो तथा एक मात्र महिला प्रधानमन्त्री हुन् । उनी सन् १९८८ को १६ नोभेम्बर देखि सन् १९९० को अगस्टसम्म पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का तर्फबाट पहिलोपटक प्रधानमन्त्री भएकी थिइन् ।

    पहिलो पटक कृत्रिम प्रत्यारोपण
    सन् १९८२ मा मुटुको पहिलो कृत्रिम प्रत्यारोपण भएको थियो । अमेरिकी नागरिक बार्ने क्लार्क स्थायी रुपमा कृत्रिम मुटु प्रत्यारोपण गर्ने पहिलो व्यक्ति हुन् । उनको अमेरिकास्थित उताह मेडिकल सेन्टरमा शल्यक्रिया गरी मुटु प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि क्लार्क ११२ दिन बाँचेका थिए ।

    नेपोलियन बने फ्रान्सका सम्राट
    सन् १८०४ मा नेपोलियन बोनापार्ट फ्रान्सको शासक बनेका थिए । फ्रान्सेली क्रान्तिको समयमा सेना बनेका उनी जीवनको उत्तर्राद्धमा आफ्नो युगको प्रभावशाली व्यक्ति बनेका थिए ।

    ब्रिटेनी स्पेर्यसको जन्म
    आज अर्थात सन् १९८१ को २ डिसेम्बरमा आधुनिक पप समा्रज्ञी अमेरिकी गायिका ब्रिटेनी स्पेयर्सको जन्म भएको थियो । ब्रिटेनीले हजारौं गीत गाएकी छिन् । १९९९मा उनको पहिलो एल्बम वेबी वन मोर टाइम सार्वजनिक भएको थियो ।

    न्युयोर्क विमानस्थलमा ढोका खोलियो
    सन् १९३९ मा न्युयोर्कस्थित लागार्डिया विमानस्थलको ढोका खोलिएको थियो । न्युयोर्कका मेयर फिओरेलो ला गार्डियाको स्मरणमा विमानस्थलको नाम राखिएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय