• सिंहदरबारमा गोली चलेको घटना : असई भारतीलाई कारबाही

  • काठमाडाैं । राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालकी निजी सुरक्षा अधिकृत (पिएसओ) अनुपमा भारतीलाई कारवाही गरिएको छ ।

    सिंहदरबारभित्र गोली चलेको घटनामा प्रहरी प्रधान कार्यालयले छानविन गर्दा प्रहरी सहायक निरीक्षक (असई) भारतीको लापरवाहीले गोली चलेको निष्कर्ष निकालिएको छ ।

    छानविन गर्दा कमजोरी देखिएपछि भारतीलाई नसियत दिइएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ । कार्तिक १० गते सिंहदरबारभित्र भारतीले बोकेको पेस्तोल पड्किए पनि कुनै क्षति हुन पाएन ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय