• सुनसरी कांग्रेस अधिवेशन : एक मतले हारेपछि पुनः मतगणना गर्न माग गर्दै निवेदन

  • काठमाडाैँ। नेपाली काँग्रेस सुनसरी उपसभापतिका उम्मेदवार गफार अन्सारी मियाँ र सचिवका उम्मेदवार रञ्जेश भट्टराईले पुनः मतगणनाको माग गर्दै निर्वाचन कार्यालय इनरुवामा निवेदन दिएका छन् ।  जिल्ला उपसभापतिका उम्मेदवार अन्सारी र सचिवका उम्मेदवार भट्टराईले मतगणनामा धाँधली भएको भन्दै निवेदन दिएका हुन् ।

    संस्थापन पक्षबाट उम्मेदवार रहेका अन्सारीले १ हजार २९७ मत प्राप्त गरेका थिए भने विजयी हुने संस्थापन इतर प्यानलका पङ्कज कुमार महतोले १ हजार ३१३ मत प्राप्त गरेका थिए । १६ मतान्तरले पराजित बनेका अन्सारीले धाँधली रूपमा मतगणना भएको भन्दै पुन गणना गर्न माग गरिएको जानकारी दिए ।

    सचिवमा एक मतले पराजित भट्टराईले आफ्नो पक्ष बलियो हुँदाहुँदै पनि लापरबाही तरिकाले मतगणना गरिएको भन्दै निवेदन दिएको बताए । सचिवमा संस्थापन इतर प्यानलका माधवबहादुर घिसिङले १ हजार २२९ मत प्राप्त गरी विजयी भएका थिए । संस्थापन प्यानलका सचिव पदका उम्मेदवार भट्टराईले १ हजार २२८ मत ल्याएर पराजित भएका थिए । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय