• आजदेखि राप्रपाको महाधिवेशन : थापा र लिङ्देन कस्ले बाजी मार्ला ?

  • काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आजदेखि पार्टीको महाधिवेशन गर्ने भएको छ। यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ। तीन पार्टी मिलेर राप्रपा बनेपछि पहिलोपटक महाधिवेशन हुन लागेको हो।

    आजदेखि काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको महाधिवेशन हुनेछ। महाधिवेशनमा अध्यक्ष पदका लागि अहिलेका अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा उत्रने भएका छन्।

    राप्रपाका अरू अध्यक्षहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्षमा प्रतिस्पर्धा नगर्ने भएका छन्। राप्रपाले पहिलोपटक प्रदेश सभा क्षेत्रहरूबाट महाधिवेशन प्रतिनिधिहरू चयन गरेर महाधिवेशन गर्न लागेको छ।

    महाधिवेशन मंसिर १७ गतेसम्म चल्नेछ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस