• १२ नेपाली महिलालाई केन्यामा तस्करी गर्ने व्यवसायीलाई ३० वर्ष जेल

  • काठमाडौं । क्यानडेली व्यवसायी असिफ अमिरअली अलिभाइ जेठालाई १२ नेपाली महिलाहरु केन्या तस्कर गरेको अभियोगमा पक्राउ गरि ३० वर्षको जेल सजाय सुनाइएको छ । तस्करीका साथै उनीमाथि यात्राका कागजातहरु दुरुपयोग गरेको र मानव तस्करीको प्रचार गरेको समेत आरोप रहेको छ । उनीसँग क्यानडा र ब्रिटेन दुई देशको पासपोर्ट थियो । 

    शान्जु कानुन अदालतले उनलाई तीनवटै अभियोगका लागि ३० वर्षको कूल सजायँ सुनाएको छ । यति मात्र नभएर जेठालाई एक देखि दश लाख सोमाली शिलिङको जरिवाना पनि लगाइएको छ । उनले वर्क परमिट बिना व्यवसाय सञ्चालन गर्ने गरेको र अवैध रुपमा विदेशीहरुलाई नियुक्त गर्ने गरेका थिए । 

    अदालतका अनुसार जेठाले शोषण गर्ने उद्देश्यले नेपाली चेलीहरुलाई नजरबन्दमा राखेका थिए ।

    अन्तर्राष्ट्रिय संगठित अपराधिक युनिटका अनुसन्धानकर्ताहरुले २०१९ मा मोम्बासास्थित उनको रंगीला ग्रिल एण्ड बारमा छापा मारेर सबै चेलीहरुको उद्धार गरेको हो ।  उनीहरुलाई ‘डान्सर’ का रुपमा काम गराउन जेठाले केन्यासम्म तस्कर गरेको बताइएको छ । उद्धार गरिएका मध्ये दुईजना १६ र १७ वर्षीया किशोरी पनि थिए भने आठजना २२ देखि २६ वर्ष उमेरका थिए अनि बाँकी दुईजना ३० वर्षीय महिला थिए । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय