• प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण

  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना भाइरस (कोभिड–१९) कोे संक्रमण पुष्टि भएको छ ।

    उनलाई सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा भर्ना गरिएको छ । उनले सोमबार विहान मात्र पीसीआरका लागि स्वाब दिएका थिए । उनलाई निमोनिया समेत देखिएको छ । प्रधानन्यायाधीश जबराको स्वास्थ्य स्थिर रहेको डा. प्रविण नेपालले जानकारी दिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय