• मेस्सीले जिते सातौँ पटक ‘बालोन डोर’

    messi
  • काठमाडौँ – पीएसजीका स्ट्राइकर लियोनल मेस्सीले सातौ बालोन डोर अवार्ड जितेका छन् । उनले बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र चेल्सीका जोर्गिन्होलाई पछि पार्दै सन् २०२१ को बालोन डोर अवार्ड जितेका हुन् ।

    मेस्सीले यसवर्ष पहिलोपटक अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि जिताएका थिए । यसै वर्ष बार्सिलोनाबाट पिएसजी पुगेका मेस्सी सातौ बालोन डोर अवार्ड जित्न सफल भएका हुन् । इटालीका जोर्गिन्होले देशका लागि युरोकप जित्दा चेल्सीलाई च्याम्पियन्स लिग जिताउन मुख्य भूमिका खेलेका थिए ।

    यस्तै लेवान्डोस्कीले गएको वर्ष च्याम्पियन्स लिग उपाधि जितेका थिए । तर क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका लेवान्डोस्की र जोर्गिन्होलाई पछि पार्दै मेस्सीले यस वर्षको बालोन डोर अवार्ड जितेका हुन् । लेवान्डोस्की दोस्रो र जोर्गिन्हो तेस्रो स्थानमा रहे ।

    मेस्सीका सदाबहार प्रतिष्पर्धी क्रिष्टियानो रोनाल्डो भने यसपटक छैटौँ स्थानमा रहे । रोनाल्डाले पाँचपटक बालोन डोर अवार्ड जितेका छन् । पछिल्लो १३ वर्षमा मेस्सी र रोनाल्डोले मात्रै १२ पटक बालोन डोर अवार्ड जितेका छन् । सन् २०१८ मा भने रियल म्याड्रिडका लुका मोडरिकले पहिलोपटक बालोन डोर अवार्ड जितेका थिए । 

    हरेक वर्ष फ्रान्स फुटबल म्यागजिनले खेल कौशल, प्रदर्शन र फुटबल पण्डितको भोटका आधारमा एक जना उत्कृष्ट फुटबलरलाई बालोन डोर अवार्ड दिदैँ आएको छ । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय