• एमाले महाधिवेशन : ओली र रावलबीच अध्यक्षमा प्रतिस्पर्धा, मतदान आजै

  • चितवन । नेकपा एमालेको भावी अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

    चितवनको सौराहामा जारी बन्द सत्रमा अध्यक्ष ओलीले पटक पटक आग्रह गरेपनि रावलले आफू धेरै अघि बढिसकेको भन्दै उम्मेदवारी दिने घोषणा गरेका थिए ।

    निर्वाचन प्रक्रिया आज विहानका लागि स्थगित गरिएपछि डा. भीम रावलले हिजो दर्ता गर्न नपाएको मनोनयन पत्र आज दर्ता गराउँदैछन । मतदान प्रक्रिया आजै विहान ९ बजेबाट सुरु हुँदैछ ।

    यसअघि केपी ओलीले आज बिहान साढे ३ बजे पदाधिकारीको नामावली घोषणा गरेका छन । जसमा भीम रावल र घनश्याम भुसाल अटाउन सकेनन् ।

    ओलीले घोषणा गरेको पदाधिकारीको नामावलीमा अध्यक्ष केपी ओली, वरिस्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा, सुरेन्द्र पाण्डे र सुवास नेम्बाङ छन्।

    सचिवहरुमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विक, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छनोट भएका छन्।

    ओलीले छनोट गरेका पदाधिकारीलाई हलले पारित गरेको छ। यसअघि ओलीले तीन सय एक जनाको नाम केन्द्रीय कमिटीका लागि सार्वजनिक गरेका थिए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय