• कांग्रेस काठमाडौं सभापतिमा बानियाँ निर्वाचित

  • काठमाडाैँ । नेपाली कांग्रेस काठमाडौं सभापतिमा कृष्णसबुज बानियाँ निर्वाचित भएका छन्। उनी यसअघि पनि काठमाडौं जिल्ला कार्यसमितिको सभापति नै थिए।

    आज बिहान आएको मतपरिणामअनुसार बानियाँले सभापतिका अर्का उम्मेदवार उपेन्द्र कार्कीलाई हराएका हुन्।

    बानियाँलाई नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाको समर्थन थियो भने कार्कीलाई सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट भीमसेनदास प्रधानको समर्थन थियो। काठमाडौंमा नेता प्रकाशमान सिंह-गगन थापाको पकड छ। वडादेखि नै उनीहरू पक्षकाले अधिकांश स्थान जितेका थिए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय