• कांग्रेस महाधिवेशनः विदेशी नागरिकमाथि कडाइ

  • काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिने गैरआवासीय नेपालीमाथि पार्टीको निर्वाचन समितिले विदेशी नागरिकता लिएकाको हकमा कडाई गरेको छ ।

    पार्टीको निर्वाचन समितिको पत्र अनुसार विदेशी नागरिकता वा पासपोर्ट भएका व्यक्ति नेपाली जनसम्पर्क समितिको सभापति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुन पाउने छैनन् ।

    नेपालमा प्रतिनिधि भएर भोट हाल्न जाँदा नेपाली पासपोर्टमा यात्रा गरेको प्रमाण पेश गर्नु पर्ने निर्देशन जारी गरिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय