• यूराेपमा देखियाे काेराेनाकाे ‘ओमिक्रोन भेरियन्ट’ : भारतमा राेकथामकाे उपाए खाेजिँदै नेपाल सरकारकाे कानमा तेल

  • एजेन्सी । यूके, जर्मनी र इटलीमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेको छ । यूकेमा शनिबार दुई ओटा ओमिक्रोन केस पत्ता लागेको त्यहाँका स्वास्थ्यमन्त्रीले बताए । दक्षिण अफ्रिका यात्रा गरेका व्यक्तिमा संक्रमण देखिएको उनले जानकारी दिएका छन् । 
     
    यस्तै जर्मनीको बाभारिया राज्यका स्वास्थ्य मन्त्रीले पनि त्यहाँ नयाँ भेरियन्टको दुई ओटा संक्रमण पुष्टि भएको बताएका छन् । 

    इटलीको नेशनल हेल्थ इन्टिट्युटले मोजाम्बिकबाट आएका एक जनामा नयाँ भेरियन्टको संक्रमण देखिएको बताएको छ । 

    नयाँ भेरियन्ट पत्ता लागेसँगै यूकेले सुरक्षा मापदण्डमा कडाइ गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले अर्को हप्तादेखि पसलहरू र सार्वजनिक यातायातमा फेरि एकपटक माक्स अनिवार्य (म्यान्डेटरी) गर्ने घोषणा गरेका छन् । 

    यूके प्रवेश गर्ने सबैको पीसीआर परीक्षण गरिनेछ र नयाँ भेरियन्टको केस देखिएमा पूर्ण खोप लगाएको भए पनि सेल्फ–आइसोलेसनमा बस्नै पर्नेछ । नयाँ मापदण्ड अस्थायी र पूर्व सावधानीयुक्त भएको जोन्सनले बताए ।    यूकेले यसअघि नै दक्षिण अफ्रिकासहित ६ अफ्रिकी मुलुकमा यात्रा प्रतिबन्ध लगाइसकेको छ । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय