• ओलीले आज एमालेको नयाँ नेतृत्वको सूची सार्वजनिक गर्ने, भीम रावल के गर्लान् ?

  • काठमाडाैँ । चितवनमा जारी नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आज (आइतबार) केपी ओलीले नयाँ नेतृत्वको नामावली सार्वजनिक गर्नेछन्।

     विरोधका बीच टुंगिएको पहिलो दिन शनिबारको बन्दसत्रले ओलीलाई एमालेका नयाँ पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली तयार पार्ने सम्पूर्ण अधिकार दिएको हो। यसअनुसार उनले आज आइतबार पुनः हुने बन्दसत्र भेलामा अनुमोदनका लागि नयाँ नेतृत्वको सूची पेस गर्ने भएका हुन्।

    शनिबार राति अबेरसम्म जारी बन्दसत्रमा सर्वसम्मत नेतृत्व चयनको अधिकार केपी ओलीलाई दिने नेता विष्णु पौडेलको प्रस्ताव धेरैजसो प्रतिनिधिले ताली बजाएर अनुमोदन गरेका हुन्।  तर असन्तुष्ट नेताहरूलाई निर्वाचनमा जाने अधिकार दिइने बन्दसत्रमा सहभागी एक नेताले बताएका छन्। साविक उपाध्यक्ष भीम रावल शनिबार अबेर रातिसम्म अध्यक्ष पदमा उठ्ने आफ्नो अडानमा अडिग छन्।  

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय