• जाजरकोटमा बस दुर्घटना ५ को मृत्यु, २७ जना घाइते

  • काठमाडौँ – जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाकाे मृत्‍यु भएको छ । नेपालगन्ज देखि जाजरकोटको राडिबजार जाँदै गरेको ना छ ख २७५७ नम्बरको रात्री बस कुदु बराहचौक नजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए ।

    उनका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । राती नै बस दुर्घटना भएपनि प्रहरी भने बिहान मात्रै घटनास्थल पुगेर उद्धारको काम सुरु गरेको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय