• एमाले महाधिवेशन : बन्दसत्र बिहान १० बजे सुरू हुने, ओलीसहित विदेशी पाहुनाले सम्बोधन गर्ने

  • काठमाडौँ- नेकपा एमालेको दशौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बिहान १० बजे बन्दसत्र सुरु हुने भएको छ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उदघाटन भएको दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो ।

    एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहान १० बजे बन्दसत्र उदघाटन हुने बताए । ‘बिहान १० बजे बन्दसत्रको कारवाही सुरु हुनेछ । उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ,’ भट्टराईले केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग भने ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय