![](https://forwardkhabar.com/wp-content/uploads/2024/07/trip-g-80x100.jpg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/06/Suprim-Court-Sher-Bahadur-Deuwa.jpg)
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देवाउले आज शुक्रबार नेपाल बार एसोसिएसनका पदाधिकारीलासँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले बिहान साढे १० बजे छलफलका लागि बोलाएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।
देउवाले नेपाल बार र सर्वोच्च अदातल बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै एक महिनादेखि आन्दोलनरत बार र वृहत नागरिक आन्दोलनले बिहीबार सर्वाेच्च अदालतदेखि बालुवाटारसम्म मार्च पास गरेका थिए ।
गत सोमबार बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने दललाई ध्यानाकर्षणपत्र बुझाएको थियो । उक्त ध्यानाकर्षणपत्र आज प्रधानमन्त्री देउवालाई पनि बुझाउने कार्यक्रम रहेको श्रेष्ठले बताए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)