• यी हुन् गुल्मीबाट सर्वाधिक मत ल्याउने कांग्रेस नेता

  • नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिको लागि गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा भएको निर्वाचन अन्तर्गतको परिणाम आएको छ । प्राप्त मतपरिणामअनुसार खुल्लातर्फ सर्वाधिक मत खिलध्वज पन्थीले पाएका छन्, खस-आर्य पुरुष तर्फ सिए पदम भट्टराई,महिला कोटामा विष्णुकुमारी सापकोटाले सर्वाधिक मत पाएका छन् ।

    पन्थीले ६२३, भट्टराई ४५७ र सापकोटाले ४२९ मत ल्याएकी छन् । पन्थीले जिल्ला सभापतिको लागि दतयारी गरेकाछन् ।
    महाधिवेशन खुला प्रतिनिधिमा पन्थीसहित हालका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ, डा. दामोदर भुसाल, भगतसिंह खड्का , छ्न्दबहादुर पहराई , प्रेमनारायण भण्डारी, चन्द्रबहादुर केसी, त्रैलोक्यप्रताप सेन, महेन्द्रप्रसाद भण्डारी र ज्ञानहरी सापकोटा विजयी भएका छन् ।

    खस आर्य पुरुषतर्फ भट्टराईका साथै काशीबहादुर बोहोरा , कृष्णप्रसाद सापकोटा र अधिवक्ता लोकप्रताप खरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

    महिला खुलातर्फ सापकोटाका साथै , कल्पना घिमिरे , अमृतादेवी कुँवर र सुशीला भुसाल विजयी भएका छन् ।

    दलिततर्फ रोमबहादुर विश्वकर्मा विजयी भएका छन् भने जनजाती पुरुषमा गोपाल थापामगर र महिलामा हिमकला राना विजयी भएका छन् । खस आर्य महिलामा अनिषा अर्याल, अधिवक्ता पार्वती कुँवर र हेमन्ता अर्याल र अपाङ्गतातर्फ कौरबबहादुर खत्री विजयी भएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय