• अमेरिकी सहायक विदेशमन्त्री लु किन आए काठमाडौं ?

  • काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बुधबार बेलुका नेपाल आइपुगेका छन् । बेलुका ८ बजे कतार एयरवेजको विमानबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । माल्दिभ्सको राजधानी मालेदेखि उनी सीधै काठमाडौं आइपुगेका हुन् ।

    काठमाडौंमा बिहीबारदेखि हुने कूटनीतिक तथा राजनीतिक भेटघाटमा उनी व्यस्त रहनेछन् । बिहीबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । दुईमहिनाअघि सहायक विदेशमन्त्रीको कार्यभार सम्हालेका लुले ३ गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट गर्नेछन् ।

    अमेरिकी राजदूतावासले एक विज्ञप्ति जारी गरी सहायक विदेशमन्त्री लुले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने जनाएको छ ।

    अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको यो भ्रमण नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औँ वर्ष प्रवेश हुन लागेको सन्दर्भमा भएको हो । “कोभिड–१९, जलवायु परिवर्तन र लोकतन्त्रलाई सुदृढ गर्ने अमेरिकी राष्ट्रपति वाइडेनका उच्च प्राथमिकताका विषयलाई उहाँहरूले सम्बोधन गर्नुहुनेछ”, विज्ञप्तिमा भनिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय