• सर्वाेच्च अदालतबारे राजनीतिक दल र सरकार अब रमिते बन्न हुँदैन : अर्जुननरसिंह केसी

  • काठमाडाैँ । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले न्यायालयबारे दल र सरकार रमिते बन्न नहुने बताएका छन्।

    सर्वोच्च अदालतमा नेपाल बारले गरेको शान्तिपूर्ण आन्दोलनमा सुरक्षा निकायले हस्तक्षेप गरेकोमा पनि उनले विरोध गरेका छन्।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको राजीनामा माग गर्दै विगत तीन सातादेखि नेपाल बार आन्दोलनमा छ भने न्यायाधीशहरू पनि बन्दी प्रत्यक्षीकरणबाहेकका इजलास बसेका छैनन्। नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले न्यायालयबारे दल र सरकार रमिते बन्न नहुने बताएका छन्।

    सर्वोच्च अदालतमा नेपाल बारले गरेको शान्तिपूर्ण आन्दोलनमा सुरक्षा निकायले हस्तक्षेप गरेकोमा पनि उनले विरोध गरेका छन्।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको राजीनामा माग गर्दै विगत तीन सातादेखि नेपाल बार आन्दोलनमा छ भने न्यायाधीशहरू पनि बन्दी प्रत्यक्षीकरणबाहेकका इजलास बसेका छैनन्।

    नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै निरन्तर आन्दोलन गरिआएको छ।

    प्रधानन्यायाधीश राणाले सरकारमा भाग खोजेपछि उनको राजीनामा माग भइरहेका छन्।

    ‘सर्वोच्च अदालत रणभूमिमा परिणत हुँदैछ। बारको देशभर १८ वटै उच्च अदालत विरोध प्रदर्शनलाई केवल सुरक्षादस्ताले नै ठिक पार्ने सरकारी सोच महाभूल र लज्जास्पद हो,’ केसीले ट्वीट गर्दै भनेका छन्।

    उनले अदालतबारे दलहरू र सरकार रमिते बन्न नहुने पनि बताएका छन्। ‘दल र सरकार रमिते नबनोस्,’ केसीको भनाइ छ। संविधान, लोकतन्त्र र प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने पनि उनले बताएका छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय