• प्रधानन्यायाधीश राणाविरुद्ध बारद्वारा थप आन्दोलनको घोषणा

  • काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाविरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एसोसियसनले आन्दोलनको कार्यक्रम थप गरेको छ । मंगलबार साँझ बसेको नेपाल बार एसोसियसनको कार्यसमितिको बैठकले आगामी शुक्रबार सम्मलाई आन्दोलनको कार्यक्रम थप गरेको हो । 

    आगामी आन्दोलनमा सर्वोच्च अदालत अगाडिको धर्ना प्रदर्शनलाई निरन्तरता दिदै देश भरिका १८ वटा उच्च अदालतमा समेत विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । मंसिर ३ गते शुक्रबारसम्म प्रधानन्यायाधिश राणाको राजिनामा नआए केन्द्रिय प्रतिनिधि पठाएर उच्च अदालतहरुमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । 

    बैठकपछि संचारकर्मीहरुसँग बोल्दै नेपाल बार एसोसियसनका महासचिव लीलामणि पौडेलले मंसिर ३ गते संसदमा रहेका सबै दलहरुको कार्यालयमा ज्ञापन पत्र बुझाउने जानकारी दिए । यस्तै नेपाल बारले प्रधानन्यायाधीशविना संवैधानिक परिषद्को बैठक बोलाएर अदालतमा देखिएको समस्या हल गर्न प्रधानमन्त्रिलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । 

    यस्तै प्रधानन्यायाधीश राणाले अहिलेसम्म गरेका विवादित फैसलासम्बन्धी कागजपत्र संकलन गरी अध्ययन गर्ने निर्णय गरेको छ । नेपाल बारले आन्दोलनमा कालोकोट लगाएका राजनैतिक दलका कार्यकर्ताको घुसपैठ भएको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट परेको छ । 

    यस प्रकारको भ्रामक समाचारको विश्वास नगर्न आग्रह गरेको छ । साथै, सर्वोच्च अदालत र नेपाल बारको परिसरमा अर्धसैनिक बल प्रवेश गराई बिरोध गर्न पाउने अधिकार कुण्ठित गर्न खोजिएको भन्दै निन्दा गर्ने निर्णय गरेको छ । नेपाल बारले आन्दोलन अवधिभर प्रधानन्याधीश उपस्थित सबै कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको छ । 

    यस्तै न्याय परिषद् र न्याय सेवा आयोगका पदाधिकारीलाई बैठकमा सहभागी नहुन नेपाल बार एसोसियसनले आग्रह गर्ने निर्णय गरेको छ । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय