• गमगढी बजारमा आगलागी, २१ घर जले

  • काठमाडौं । मुगु सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । आगलागीमा २१ घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रणमा लिने क्रममा एउटा कच्ची घर भत्काइएको छ ।

    गएराति साढे १२ बजेतिरबाट खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी सुरु भएको थियो । सुरक्षाकर्मीहरुले स्थानीयको सहयोगमा बिहान साढे ४ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए ।

    गमगढी बजारका घरहरु काठैकाठले बनेका र एकअर्कासँग जोडिएकाले आगो नियन्त्रणमा लिन कठिन भएको थियो । आगो निभाउने क्रममा गोरख मल्लको एउटा कच्ची घर भत्काइएको छ ।

    आगलागीमा मानवीय क्षति भएको छैन । धनमाल कति क्षति भयो भन्नेबारे पनि एकिन विवरण आइनसकेको डिएसपी भट्टराईले बताए । आगलागीमा मानवीय क्षति भने भएको छैन ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय