• कांग्रेस महाधिवेशन : उम्मेदवारी शुल्क कति ?

  • काठमाडौँ- नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो । कांग्रेसले प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिअन्तर्गत सभापतिका लागि सात हजार शुल्क तोकेको छ ।

    यस्तै उपसभापति र सचिवका लागि पाँच हजार शुल्क निर्धारण गरिएको छ । प्रदेश सभा क्षेत्रीय सहसचिव लड्न चाहनेहरूले भने चार हजार र सदस्यका लागि दुई हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।

    पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

    त्यस्तै कांग्रेसले प्रदेश सभापतिका लागि १५ हजार उम्मेदवारी शुल्क तोकेको छ ।

    यस्तै उपसभापति र सचिवका लागि सात ११ शुल्क निर्धारण गरिएको छ । प्रदेश सहसचिवका लागि भने ५ हजार शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

    पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

    त्यसैगरी कांग्रेसले प्रदेश सभा क्षेत्रीय कार्यसमितिअन्तर्गत सभापतिका लागि पाँच हजार शुल्क तोकेको छ।

    यस्तै उपसभापति र सचिवका लागि तीन हजार शुल्क निर्धारण गरिएको छ । प्रदेश सहसचिव लड्न चाहनेहरूले भने पच्चीस सय तीर्नुपर्ने छ । प्रदेश सभा सदस्यका लागि दुई हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।

    पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय