• देशभर चिसो बढ्योः यस्तो छ आजको मौसमी अवस्था

  • काठमाडौं । प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा आज हल्का हिमपातको सम्भावाना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागको मौसम आंशिक बदली भई बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।

    आज राति पहाडी भूभागको मौसममा आंशिक बदली रहने सम्भावना छ । मंगलबार प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो पटक काठमाडौं उपत्यकासहित मुलुकभर जाडो बढ्न थालेको छ । अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न महाशाखाले आह्वान गरेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय