• किन नेपाल आउँदै छन् अमेरिकाका सहायक विदेशमन्त्री ?

  • काठमाडाैँ । दक्षिण तथा मध्य–एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आगामी बुधबार नेपाल आउने भएका छन्।

    अमेरिकी स्टेट डिपार्टमेन्टले शनिबार विज्ञप्ति जारी गरी उनी नोभेम्बर १७ मा काठमाडौं आउने जानकारी दिएको हो। नोभेम्बर १५ मा माल्दिभ्स पुग्ने उनी त्यहाँ विदेशमन्त्री अहमद खलिललाई भेटेर त्यतैबाट नेपाल आउने भएका हुन्। 

    विज्ञप्तिअनुसार नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ। 

    सहायक मन्त्री लुको भ्रमणका क्रममा नेपालमा सञ्चालित अमेरिकी परियोजनाहरूबारे द्विपक्षीय छलफल हुने विज्ञप्तिमा उल्लेख छ। 

    दलहरूबीच संसदबाट अमेरिकी सहयोग परियोजना​ (एमसीसी) पास गर्ने कि नगर्ने विषयमा एकमत हुन नसकिरहेका बेला अमेरिकी सहायक विदेशमन्त्रीले गर्न लागेको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। 

    यस्तै लगत्तै भोलिपल्ट नोभेम्बर १८ का दिन भारतको सत्तारुढ भारतीय जनता पार्टीका नेता एवं यातायातमन्त्री नितिन गड्करी काठमाडौं आउँदै छन्। 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय