• एमालेले देशभर एकैसाथ छान्दै छ महाधिवेशन प्रतिनिधि

  • काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज मुलुकभरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दैछ।

    संगठित सदस्यताका आधारमा जिल्लाबाट प्रतिनिधि चयन हुनेछन्। त्यसका लागि देशभर आज एकैसाथ एमालेले चुनाव गर्नेछ। एमालेसँग हालसम्म ८ लाख १० हजार संगठित सदस्य छन् ।

    कति पय स्थानमा यसअघिनै सर्वसम्मत प्रतिनिधि चयन भइसकेका छन्। प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय संगठित सदस्यबाट १ महिला र २ खुलासहित ३ जना चयन गर्ने व्यवस्था छ ।

    सो संख्यामा ८ सयसम्म सदस्य थप भएमा थप १ जना, १६ सयसम्म सदस्य भए थप २ जना, २४ सयसम्म सदस्य थप भएमा कम्तिमा १ महिलासहित ३ जना चयन हुनेछन्। ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तिमा १ जना महिला अनिवार्य हुनुपर्नेछ ।

    देशभित्रका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्य मध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि सो संख्यामा ५ सयसम्म सदस्य थप भएमा थप १ जना, १ हजारसम्म सदस्य थप भएमा थप २ जना, १५ सयसम्म सदस्य थप भएमा कम्तिमा १ महिलासहित ३ जना निर्वाचित हुनेछन् ।

    भूगोलका प्रदेश अन्तर्गतका मजदूर पार्टी सदस्य मध्येबाट कम्तिमा ३ महिलासहित ७ जनाका दरले निर्वाचित हुने प्रतिनिधित्व हुने छ । यसरी महाधिवेशनका लागि कुल १ हजार ९ सय ९९ प्रतिनिधि चयन हुने एमालेले जनाएको छ।

    एमाले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशन गर्दैछ। 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय