• मुग्लिन–नागढुङ्गा सडकः एसियाली मापदण्डको बनाइँदै

  • काठमाडौं । संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेकोे मुग्लिन–नागढुङ्गा सडक विस्तारका लागि कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको छ । तीन खण्डमा विभाजन गरी विस्तार गर्न लागिएको सो राजमार्गको पहिलो र दोस्रो खण्डको विस्तारका लागि सन् २०२२ को जनबरीसम्म कम्पनी छनोट गरी विस्तार कार्य सुरु गरिसक्ने सडक विभागका उपमहानिर्देशक तथा नागढुङ्गा–मुग्लिन राजमार्ग खण्ड विस्तार परियोजनाका प्रमुख रामहरि पोखरेलले जानकारी दिए ।

    रणनीतिक सडक पहुँच तथा व्यापारिक सुधार आयोजनाअन्तर्गत स्तरोन्नति गर्न लागिएको हो । विस्तारका लागि राजमार्गको नागढुङ्गादेखि नौबिसेसम्म पहिलो खण्ड (१२ किलोमिटर), नौबिसेदेखि मलेखुसम्म दोस्रो खण्ड (४३ किलोमिटर) र मलेखुदेखि मुग्लिनसम्मलाई तेस्रो खण्ड (४० किलोमिटर) का रूपमा छुट्याइएको छ ।

    तीनवटै खण्डको कुल लम्बाइ ९५ किलोमिटर छ । विस्तारका लागि यस राजमार्ग खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) सम्पन्न भई स्वीकृतसमेत भइसकेका छन् । उनले सो राजमार्ग विस्तारका लागि बोलपत्र आह्वान गरिएकोमा आवेदन दिएका कम्पनीहरूको प्रिक्वालिफिकेसन छनोट प्रक्रियासमेत पूरा भइसकेको जानकारी दिए। कम्पनीहरूले प्राविधिक प्रस्तावसहित आवेदन दिएका थिए । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय