• राजेन्द्र बजगाईंद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

  • काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता राजेन्द्र बजगाईँले पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ‘विकासका लागि राजनीति’ नारा लिएर राजनीतिमा होमिएका बजगाईंले कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

     सफल पर्यटन व्यवसायीसमेत रहेका बजगाईं १३ औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य पदमा लडेका थिए । १३ औँ महाधिवेशनमा कांग्रेसको तीन समूहमध्ये कुनै पनि समूहको प्यानलविनै चुनावी मैदानमा होमिएका बजगाईंले सम्मानजनक मत ल्याएका थिए । 


    गोरखा स्थायी ठेगाना भएका बजगाईं गोरखामा लोकप्रिय मत ल्याए महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य निर्वाचित भएका व्यक्ति हुन् । 

    ‘विकासका लागि राजनीति भन्ने नारा र सोही अनुसार काम गरेर म राजनीतिमा छु । पार्टीको १४ औँ महाधिवेशनमा पनि म यही नाराका साथ केन्द्रीय सदस्य पदमा चुनाव लड्दै छु,’ बिहीबार पत्रकारहरूसँग कुरा गर्दै भने, ‘म नेविसंघको राजनीतिबाट पार्टीको राजनीतिमा प्रवेश गरेको हुँ । पर्यटन व्यवसायी हुँदै राजनीतिमा लागेको मैले जनताले कस्तो विकास खोजेका छन् भन्ने बुझेको छु । त्यसैले मेरो उम्मेदवारी जनताले खोजेको विकास स्थापित गर्नका लागि हो ।’ 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय