• न्यायपरिषद् सदस्यलाई बारले भन्याे : प्रधानन्यायाधीशले बोलाएको बैठक अवज्ञा गर्नुस्

  • काठमाडौं । नेपाल बार एशोसिएसन (नेबाए)ले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्यायपरिषद्को बैठकमा सहभागी नहुन परिषद्का सदस्यहरुरूलाई अनुरोध गरेको छ ।

    प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलनरत एशोसिएसनले परिषद् सदस्यहरुलाई पत्र लेखेर बैठकमा सहभागी नहुन अनुरोध गरेको हो ।

    पत्रमा ‘न्यायपरिषद् बैठकमा उपस्थित नभई अवज्ञा गर्न’ अनुरोध गरिएको छ । बैठकबाट प्रधानन्यायाधीश जबराले थप विकृति, विसंगतिजन्य कार्य गर्ने, गर्न लगाउने आशंका रहेको एशोसिएसनले जनाएको छ ।

    प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि एशोसिएसनले उनीविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय