• उदाउँदो सूर्यलाई अर्घ्‍य दिएर समापन भयो छठ

  • काठमाडाैँ । हिन्दू धर्मावलम्बीहरूले आरोग्यताका लागि आस्था राखेर मनाउने छठ पर्व आज उदाउँदो सुर्यलाई अर्घ्‍य दिएर समापन गरिएको छ । खोला, नदी, तलाउ र नहरका किनारमा सूर्य आराधना गर्दै ब्रत बसेका ब्रतालु भक्तजनहरूले उदाउँदो सूर्यलाई अर्घ्‍य दिएर यस वर्षको छठ पर्व अन्त्य गरेका हुन् ।

    कसार, ठेकुवा, केरा, उखु, मेवालगायतका फलफुल एवं भुसवा, माटोले बनाइएको हात्तीको प्रतिमा, सुप, कनसुपतीसहितको कलशलाई अर्घ्यसँगै सूर्यलाई चढाउने गरिन्छन् । त्यसरी चढाइने ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रतिको समर्पण मानिएको छ ।

    हिजो बेलुका अस्ताउँदो सूर्यलाई पूजा गरेका उनीहरूले आज सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्‍य दिएका हुन् । ब्रतालुहरूले हातमा पिठार र सिन्दुर लगाएर केरा, नरिवल, उखु लगायतका फलफुल सुर्यलाई चढाएका छन् । सूर्यलाई चढाइसकेपछि घाटबाट घर फर्किएका ब्रतालुहरूले फलफुल, ठेकुवालगायतका सामग्री प्रसादिका रूपमा घरपरिवार र छरछिमेकलाई बाँड्ने गरेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय