• इङ्ल्यान्डमाथि राेमान्चक जित दर्ता गर्दै न्युजिल्यान्ड पहिलोपटक टी–ट्वान्टी विश्वकपको फाइनलमा

  • काठमाडौं । ड्यारल मिचेलको अर्धशतक प्रेरित खेलबाट न्युजिल्यान्ड इतिहासमै पहिलोपटक टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । 

    शेख जायद क्रिकेट स्टेडियममा इङ्ल्यान्डले दिएको १६७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर १६७ रन बनाउँदै ५ विकेटको जित निकाल्यो ।  

    न्युजिल्यान्डका लागि ड्यारल मिचेलले ४७ बलमा ४ चौका र चार छक्काको सहयोगमा ६८ रनको अर्धशतकीय पारी खेले ।

    त्यस्तै, डेभोन कन्वेले ४६ रन बनाउँदा जिम्मी निशमले २७ रनको योगदान गरे । बलिङतर्फ इङ्ल्यान्डका लागि क्रिस वोक्स र लिम्मी लिभिग्सटोनले समान दुई–दुई विकेट लिए ।

    त्यस्तै, आदिल राशिदले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो ।   

    इङ्ल्यान्डका लागि मोइन अलीले नट आउट ५१ रनको अर्धशतकीय पारी खेले । ३७ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे । 

    इङ्ल्यान्डका डेविड मलानले ३० बलमा ४ चौका र १ छक्काको सहयोगमा ४१ रन बनाउँदा जोस बट्लरले २९ रनको योगदान गरे । त्यस्तै लिमा लिभिस्टोनले १७ रन जोडे । 

    बलिङतर्फ न्युजिल्यान्डका थिम साउथी, आदम मिल्न र इस सोढीले समान एक–एक विकेट लिए ।

    न्युजिल्यान्डले अब दोस्रो सेमिफाइनलमा जित निकाल्ने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल खेलमा बिहीबार पाकिस्तान र अष्ट्रेलिया प्रतिस्पर्धा गर्दैछन् । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय