• एमाले महाधिवेशनका लागि नेता कार्यकर्ताबाट १०० रुपैयाँ उठाउने

  • काठमाडौं । नेकपा एमालेले आफ्नो दशौँ महाधिवेशनका लागि खर्च पार्टी सदस्यबाट उठाउने भएको छ । हरेक पार्टी सदस्यबाट १०० रुपैयाँका दरले खर्च उठाउने एमालेले निर्णय गरेको हो ।

    यसका लागि नेकपा एमालेको राष्ट्रिय बाणिज्य बैंक टेकु शाखामा रहेको चल्ती खाता नम्बर १७–००१००००११५९००१ मा उक्त रकम जम्मा गर्न भनिएको छ ।

    प्रचार संयोजक तथा एमाले सचिव योगेश भट्टराईले सामाजिक संजालमार्फत भनेका छन्, ‘तपाईं संगठित सदस्यहरूले रु १००/- मात्र हालिदिनुभयो भने मंसिरमा हुने महाधिवेशन खर्च पुग्छ । सबै सदस्यहरूले खातामा जम्मा गर्दा सात करोडभन्दा बढी उठ्छ, हामी आफ्नै खर्चमा सम्मेलन सक्छौँ, चन्दा माग्नुपर्दैन ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय