• एमाले महाधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै

  • काठमाडौँ । नेकपा (एमाले) १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दै छ । एमालेले महाधिवेशन मंसिर १०–१२ मंसिरमा चितवनमा आयोजना गर्ने निर्णय गरिसकेको छ ।

    स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ नेतृत्वको २१ सदस्यीय मूल व्यवस्थापन समितिको बैठक आज मध्याह्न १२ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्न लागेको हो ।

    एमालेले वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेको छ । महाधिवेशन नजिकिँदै जाँदा एमालेमा नयाँ नेतृत्वके सरगर्मी बढेको छ । नेकपा एमालेले आगामी १०औँ राष्ट्रिय महाधिवेसन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १२ वटा समितिहरु बनाउने निर्णय गरेको छ । महाधिवेशन मूल व्यवस्थापन समितिको आज च्यासलमा बसेको बैठकले सो निर्णय गरेको हो ।

    यसअघिको बैठकले प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, अतिथि सत्कार समिति, खाद्य व्यवस्थापन समिति, स्वयमसेवक परिचालन,मञ्च व्यवस्थापन समिति, सांस्कृतिक समिति र जनपरिचालन समिति बनाइसकेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय