• कमेडी च्याम्पियनका उपविजेता विक्की अग्रवालकी आमाको काठमाडौंमा निधन

  • काठमाडौं । चर्चित टिभी रियालिटी शो कमेडी च्याम्पियनमा उपविजेता बनेका विक्की अग्रवालकी आमा दुर्गा थापामगरको काठमाडौंमा आकस्मिक निधन भएको छ । कोठाभित्रै बेहोश अवस्थामा भेटिएकी उनलाई अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए । उनको मृत्यूको कारण खुलेको छैन् ।

    अन्दाजी ६० वर्ष उमेरकी दुर्गालाई सुगर र प्रेसरकाे  समस्या थियाे । तर उनी बिरामी थिइनन् । हिजो दिउँसो तीन बजे बिक्की आमालाई कोठामा छोडेर बाहिर निस्किएका थिए । बेलुका सात बजे कोठामा पुग्दा आमालाई बेहोश अवस्थामा भेटेका थिए । त्यसपछि बिक्कीले उनलाई मेडिकेयर अस्पताल पुर्याए । तर, चिकित्सकहरुले मृत घोषित गरे ।

    कमेडी च्याम्पियनको उपाधि जित्न नसके पनि विक्की नेपालमा निकै लोकप्रिय बनेका थिए । त्यसैले उनलाई काठमाडौंमै सेटल गर्न दुर्गा सिक्किमदेखि आएकी थिइन् ।

    कमेडी च्याम्पियनको फाइनलमा पनि दुर्गा र उनका श्रीमान छोराको हौसला बढाउन काठमाडौं आएका थिए । फाइनलपछि उनीहरू फर्किए पनि विक्की नेपालमै थिए ।

    श्रीमती अकस्मात बिरामी भएको खबरपछि बिक्कीका बुवा पनि आज सिक्कमबाट काठमाडौं आइपुगे । तर, उनले श्रीमतीलाई जिवित भेट्न सकेनन् । अस्पतालबाट दुर्गालाई डिस्चार्ज गरी एम्बुलेन्समा राखेर सिक्किम लगिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय