• कैलालीमा चक्‍कु प्रहारगरी एक युवकको हत्‍या

  • कैलाली – गएराति करिब ९ बजेतिर कैलालीमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका १ बस्ने भुपेन्द्र बडुवालको मंगलबार राति करिब ९ बजे चक्कु प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

    उनले घटनास्थलबाट मृतकको मोटरसाइकल र एकथान स्कुटी बरामद गरिएको बताए । प्रहरीले घटनाको अनुसन्धानका लागि केही ब्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ भैरहेको बताए । घटनास्थलमा फेला परेको स्कुटी चक्कु प्रहार गर्ने ब्यक्तिको हुनसक्ने बताइएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय