• माओवादी केन्द्रले भन्यो : एमसीसी राष्ट्रिय सहमति र संशोधन बिना अगाडी बढ्दैन

  • काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति र संशोधन बिना एमसीसी अगाडी बढ्न नसक्ने स्पष्ट पारेको छ । पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले एमसीसीमा बिषयमा भएका टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय सहमति र संशोधन बिना एमसीसी अगाडी बढ्न नसक्ने स्पष्ट पारेको हो ।

    यसअघि प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसीलाई अघि बढाउन आफु र माओवादी अध्यक्ष प्रचण्डले पत्र लेखेको अभिव्यक्ति दिएपछि तर्क बितर्क हुँदै आएको थियो । एमसीसीमा रहेका केहि बिषयमा आपत्तीजनक रहेको र राष्ट्रिय सहमति नभइ अघि नबढ्ने माओवादी प्रवक्ता कृष्ण बहादुर महराले बताए ।

    त्यस्तै माओवादीले न्यायलयमा भइरहेको आन्दोलनका बिषयमा कुनै हस्तक्षेप नगर्ने र समस्यालाई न्यायलयले नै टुङ्गाउनुपर्ने महराले बताए । त्यस्तै माओवादीले सत्ता गठबन्धनको संयन्त्रमा माओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । त्यस्तै बैठकले पुष ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता महराले बताए ।

    बैठकले माओवादीको प्रदेश पदाधिकारी टुङ्गाउने बिषयमा छलफल भएको र प्रदेश भित्र रहेका केन्द्रीय सदस्यहरुसंग अध्यक्ष प्रचण्डले परामर्श गरेर टुङ्गाउने निर्णय गरेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय