• संयुक्त राष्ट्रसंघ सहायक महासचिवको टोली काठमाडौंमा

  • काठमाडौं । संयुक्त राष्ट्रसंघका सहायक महासचिव क्रिष्टियन सौन्देर्सको नेतृत्वमा रहेको टोली यहाँ आइपुगेको छ। राष्ट्रसंघद्वारा हरेक चार चार वर्षमा दिइने सोधभर्ना दरको समीक्षा र निरीक्षण गर्न उक्त निरीक्षण टोली आएको हो।

    सौन्देर्स नेतृत्वको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी सीताराम खड्काले स्वागत गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सहायक महासचिव सौन्देर्सले आजै प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेटघाट गरेका छन्।

    उनले काभ्रे पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमणसमेत गर्ने कार्यक्रम छ। रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग सहायक महासचिवको नेतृत्वको टोलीले शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय