• भूमि आयोगमा थपिए चार सदस्य

  • काठमाडौं । राष्ट्रिय भूमि आयोगमा चार सदस्य थपिएका छन् । उनीहरूलाई आजै भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठको उपस्थितिमा आयोगका अध्यक्ष केशव निरौलाले पद तथा गोपनीयताको शपथ खुवाएका छन् । 

    थपिएका सदस्यहरूमा नेकपा एकीकृत समाजवादीको सिफारिसमा दाताराम खनाल, जनता समाजवादी पार्टीको सिफारिसमा राघव राय यादव, कांग्रेसको सिफारिसमा टेकबहादुर साह र नेकपा (माओवादी केन्द्र)को सिफारिसमा बासुदेव हुमागाईं छन् । 

    विज्ञ सदस्यका रूपमा थपिएका सदस्यहरूमा कृषि विज्ञ भनेर थपिएका खनाल अखिल नेपाल किसान संघका सचिव हुन् । कानुन विज्ञको कोटामा सिफारिस यादव कानुनका विद्यार्थी हुन् भने नापी विज्ञका रूपमा सिफारिस भएका साह नापी विभागका पूर्व कर्मचारी हुन् । यस्तै, भूमि व्यवस्था विज्ञ भनी सिफारिस भएका हुमागाईं मालपोतका पूर्व कर्मचारी हुन् । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय