• रक्सीकाे तालमा एयरपाेर्टका कर्मचारी कुट्ने पर्यटन बाेर्डका सीईओमाथि कारबाहीको तयारी

  • काठमाडौं । पर्यटन मन्त्रालयले त्रिभुवन विमानस्थलमा भएको घटनालाई लिएर पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीलाई स्पष्टीकरण सोधेको छ । रेग्मीले शनिबार लन्डनबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलमा भन्सारका कर्मचारीलाई हातपात गरेका थिए ।

    स्रोतका अनुसार पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा मन्त्रालयले तीन दिने स्पष्टीकरण सोधेको हो । मन्त्री आलेले रेग्मीलाई मन्त्रालयमा बोलाएर घटनाबारे सोधपुछ समेत गरेका थिए । रेग्मीबाट चित्तबुझ्दो जवाफ नआएपछि उनले सचिव यादव कोइरालालाई लिखित स्पष्टीकरण दिन निर्देशन दिएका हुन् ।

    लिखित स्पष्टीकरण पनि चित्तबुझ्दो नआएको खण्डमा उनीमाथि मन्त्रालयले कारवाहीको तयारी गरेको छ । स्रोतका अनुसार मन्त्रालय पहिल्यैदेखि रेग्मीको कार्यसम्पादनमा सन्तुष्ट थिएन । स्पष्टीकरणको जवाफ आएपछि उनलाई बोर्डबाट हटाउनेसम्मको तयारी गरिएको स्रोतले बतायो ।

    मन्त्री आले र सचिव कोइरालासहित एउटा कार्यक्रममा भाग लिन रेग्मी लन्डन गएका थिए । फर्किने क्रममा त्रिभुवन विमानस्थलमा भन्सारका कर्मचारीले सोधपुछ गरेपछि विवाद भएको थियो । यस क्रममा रेग्मीले ती कर्मचारीलाई थप्पड हानेका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय