• मुन्द्रेकाे कमेडी क्लब बन्द भयाे

  • काठमाडाैँ । नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको हास्य कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको छ। हास्य कलाकार जितु नेपालले सञ्चालन गरिरहेको ‘मुन्द्रेको कमेडी क्लब’ सोमबारको श्रृंखला प्रशारणपछि बन्द गरिएको हो। 

    हिजोे १३२औं भाग प्रसारण गरेर कार्यक्रम बन्द गरिएको हो। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सञ्चालक नेपालले मुन्द्रेको कमेडी क्लबका कलाकार ‘फुलन्देकी आमा’ (उमेश राई) अरू नै कार्यक्रममा आबद्ध भएकाले आफ्नो सो बन्द गर्नुपरेको जानकारी दिए। 

    ‘जुन एजेन्सीले मुन्द्रेको कमेडी क्लब निर्माण गरिरहेको थियो। त्यही एजेन्सीले उमेशलाई अनुबन्ध गराएर अर्को कार्यक्रम गर्ने भएपछि मैले कार्यक्रम बन्द गर्ने निर्णय गरेँ’, उनले भने। 

    ‘मुन्द्रेको कमेडी क्लब’ कि एडभरटाइजिङले निर्माण गरिरहेको थियो।‘मुन्द्रेको कमेडी क्लब’ मा चर्चित पात्र ‘फुलन्देकी आमा’ (उमेश राई) यही भूमिकामा अब डान्स रियालिटी सो ‘डान्स च्याम्पियनसिप’को होस्ट बन्ने भएका हुन्। 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय