• टी–२० विश्वकप : अष्ट्रेलिया विजयी, बंगलादेश सुपर–१२ का सबै खेलमा पराजित

  • काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा अस्ट्रेलिया विजयी भएको छ ।

    अस्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको हो । बंगलादेशले दिएको ७४ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ६.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

    अष्ट्रेलियाका लागि डेभिड वार्नरले १८ र आरोन फिन्चले ४० रन जोडे । मिचेल मार्स १६ रनमा अविजित रहे ।

    बंगलादेशका तास्किन अहमेद र सोरफुल इस्लामले समान १–१ विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले १५ ओभरमा अलआउट हुँदै ७३ रन मात्र बनाउन सक्यो ।

    बंगलादेशका लागि ओपनर मोहमद नइमले १७, समिम हुसेनले १९, महमुदुल्लाहले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

    अस्ट्रेलियाका लागि एडम जाम्पाले ४ ओभर बलिङ गर्दै १९ रन खर्चिएर ५ विकेट लिए ।

    मिचेल स्टार्क र जोस हेजलवुडले समान २–२ विकेट तथा ग्लेन म्याक्सवेलले १ विकेट हात पारे ।
    योसँगै बंगलादेश सुपर १२ का सबै खेलमा पराजित हुँदै प्रतियोगिताबाट घर फर्किएको छ ।

    अस्ट्रेलियाले भने यो जितसँगै सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ । समूह १ मा साउथ अफ्रिका र अष्ट्रेलियाको समान ४ अंक छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय