• घनश्याम, योगेश लगायतका १० नेतालाई समाजवादीमा प्रवेश गर्न माधव नेपालको आह्‍वान

  • नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगातका एमालेका १०नेतालाई आफ्नाे पार्टीमा आउन आह्वान गरेका छन् ।

    १० नेताहरूलाई एमालेमा गएर पछुताइरहेकाे भन्दै आफ्नो आउन आग्रह गरेका हुन् ।
    ‘त्यहाँ गएर पनि पछुताइरहेका छन् । ठिक छ तपाईंहरुले हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो । अब त फर्केर आए पनि हुन्छ ’ बुधबार भक्तपुरमा आयाेजना गरेकाे शुभकामना आदानप्रदान कार्यक्रममा नेपालले भने ‘राम्रो पार्टीमा आउनुस् । हामीसँग आउनुस्, । हामी सहि निष्कर्षमा पुग्ने, सही बाटोमा पुग्ने पार्टी हो । कलम छापलाई जिताउने हो’
    उनले केही समयमा राष्ट्रियसभाको, स्थानीय तहको र रिक्त स्थानमा संघीय उपनिर्वाचन हुन लागेको भन्दै कलम छाप चिन्ह भएको एकीकृत समाजवादीको विजयी अभियान अगाडि बढ्दै जाने दाबी गरेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय