• आज देशभर थपिए ४४७ सङ्क्रमित, ७ जनाको मृत्यु

  • काठमाडाैं। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट ४४७ जना सङ्क्रमित भएका छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले नौ हजार ९१३ मा कोरोना परीक्षण गर्दा ४४७ मा सङ्क्रमित थपिएका जानकारी दिए ।

    हिजो मंगलबार ४६९ मा सङ्क्रमण देखिएका थिए । देशभर सक्रिय सङ्क्रमित नौ हजार १२३ रहेका छन् । नेपालमा सङ्क्रमण दर १८.३ प्रतिशत पुगेको छ ।

    उनका अनुसार ५०० भन्दा बढी सङक्रमित भएका जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर तथा २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ वटा रहेका छन् ।

    सङ्क्रमित शून्य जिल्ला दुई

    उनका अनुसार आज दुई जिल्लामा सङ्क्रमित शून्य रहेका छन् । हुम्ला र मुगु जिल्लामा सङ्क्रमित सङ्ख्या शून्य रहेका छन्।

    पछिल्लो २४ घण्टामा ४३९ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट लाभ लिई घर फर्किएका छन् ।

    योसँगै अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९३ हजार २७१ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.५ प्रतिशत रहेको छ ।

    मन्त्रालयका प्रवक्ता डा.पौडेलले आज कोरोना सङ्क्रमणबाटन सात जनाको मृत्यु भएको जानकारी दिए । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४३४ को मृत्यु भइसकेको छ।

    आज ९७ हजार ७० ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । आज लगाएकासँगै अहिलेसम्म ८७ लाख १९ हजार ९९५ ले पहिलो मात्रा र ७३ लाख ८१ हजार २०२ ले पूर्ण मात्राको खोप लगाएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय