• यी ठाउँमा छ आज हिमपातको सम्भावना, देशभर घट्दै छ तापक्रम

  • काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज हिमपातको सम्भावना रहेको छ । मौसमविद् मञ्जु वासीका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाड र हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ । 

    “पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । हल्का तथा छिटपुट वर्षा भए पनि मध्यम वा ठूलो वर्षा गराउने कुनै मौसमी प्रणाली छैन,” मौसमविद् मञ्जु भन्छिन् । 

    तापक्रम भने केही घट्दै गएको छ । आज बिहान ६ बजे काठमाडौं उपत्यकाको तापक्रम ११.५ डिग्री सेल्सियस रहेको छ । हिजो बिहान ६ बजे काठमाडौंको तापक्रम ११.८ डिग्री सेल्सियस रहेको थियो । 

    “विस्तारै तापक्रम घट्दै जाँदैछ । एकैपटक घट्दैन, विस्तारै विस्तारै तापक्रम घट्दै छ । दिनको एक डिग्री वा केही पोइन्टमा तापक्रम घटिरहेको छ,” उनी भन्छिन् । काठमाडौंमा आज दिउँसो तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म रहने छ । बादल लाग्ने र घाम लाग्ने क्रम चलिरहने उनले जानकारी दिइन् । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय