• कर्णाली प्रदेश : कांग्रेस नेता शाही बने मुख्यमन्त्री

  • कर्णाली । नेपाली काँग्रेसका जीवनबहादुर शाहीले कर्णाली प्रदेश सरकारको नयाँ मुख्यमन्त्रीका रूपमा मंगलवार राति पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । उनी नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहितको गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । शाहीले १६ महिना प्रदेश सरकारको नेतृत्व गर्नेछन् ।

    नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा शाहीले नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को समर्थनमा दाबी पेस गरेका थिए । यसअघि नै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार पदबाट राजीनामा दिएपछि उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो । गत वैशाख ३ मा विश्वासको मत लिँदै गर्दा भएको सहमति अनुसार महेन्द्रबहादुर शाहीले उनलाई सहज रूपमा सत्ता हस्तान्तरण गरेका हुन्

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय