• ‘गठबन्धनको सरकार पूर्ण कार्यकाल टिक्छ’

  • खाँदबारी। अर्थमन्त्री जनार्दन शर्माले अहिलेको गठबन्धन सरकार पूर्ण कार्यकाल टिक्ने बताएका छन्।

    आज सङ्खुवासभाको तुम्लिङ्टार विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री शर्माले गठबन्धन सरकार निरन्तर चल्नेमा शंक नगर्न आग्रह गरे ।

    अहिलेको सरकार जनताबाटै निर्वाचित सरकार भएकाले पूर्ण कार्यकालसम्म रहने उनको भनाइ थियो ।

    नेकपा माओवादी केन्द्र सङ्खुवासभाले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन मन्त्री शर्मा आज सङ्खुवासभा आएका हुन्।

    अहिलेको सरकार प्रतिगमनकारी शक्तिलाई परास्त गरेर आएको हुनाले पूर्ण कार्यकालसम्म चल्ने मन्त्री शर्माले बताए ।

    गठबन्धनको सरकाले संघीयता, लोकतन्त्र, गणतन्त्र र जनताका अधिकार संरक्षण गरेकाले सरकार ढल्ने कुरा निराधार भएको मन्त्री शर्मा बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय