• सर्वोच्चमा कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेन

  • काठमाडाैं। सर्वोच्च अदालतमा आज कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेन ।

    सोमबार बन्दीप्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ भएको थियो । तर आज त्यो पनि हुन सकेन ।

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणका ६ वटा इजलास तोकेका थिए। जसमा चारवटा संयुक्त र दुईवटा एकल इजलास रहेको थियो ।

    संयुक्त इजलासमा न्यायाधीश दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र हरिकृष्ण कार्की, बमकुमार श्रेष्ठ र कुमार चुडाल, तेजबहादुर केसी र डा.कुमार रेग्मीको रहेको थियो भने एकल इजलासमा न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र न्यायाधीश सुष्मालता माथेमा रहेको थियो । यी छवटै इजलासमा बेन्च बस्न नसकेको हो ।

    सर्वोच्च अदालतमा प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीशले मुद्दाको सुनुवाइका लागि आज बन्दीप्रत्यक्षीकरणको मुद्दामा पेसी तोकेका थिए । तर कुनै पनि बेन्च बस्न नसक्दा सुनुवाइ हुन सकेन ।

    गत आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिपरिषद विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायलयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गरेका थिए ।

    सोमबारदेखि नै मुद्दाको सुनुवाइ पूरै प्रभावित भएको छ । सर्वोच्च अदालतमा भएको मुद्दाको सुनुवाइ प्रभावित भएको आज आठ दिन पुगेको छ ।

    सर्वोच्च अदालतको गत सोमबार पूर्ण बैठक (फुलकोर्ट) बसेर समस्याको समाधान गर्ने भनिएता पनि उक्त बैठक बस्न सकेन ।

    प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशलाई पनि संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह समेत गरेका छन्।

    अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । जसले गर्दा पालोमा टाढाटाढाबाट आएका सेवाग्राहीहरु मर्कामा परेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय