• प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राईले लिए शपथ

  • प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले राईलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथलगत्तै मुख्यमन्त्री राईले ६ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका छन् ।

    हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, इन्द्रबहादुर आङबोलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, केदार कार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जसपा संसदीय दलका नेता जयराम यादव सामाजिक विकास मन्त्रालय र विष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

    नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुखले र राज्यमन्त्रीलाई मुख्यमन्त्रीले पद तथा गोपनीयताको शपथ गराएका थिए ।

    त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री राई आफैंसँग राखेेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय