• अलमुताइरीले गरे एन्फासँग सन् २०२४ सम्मका लागि सम्झौता

  • फुटबल प्रशिक्षक अबदुल्लाह अलमुताइरी सन् २०२४ सम्म नेपालमा रहने भएका छन् । उनले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सन् २०२४ सम्मका लागि सम्झौता भएको हुन् ।

    मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय र अलमुताइरीबीच नेपालको जर्सीसहित २०२४ सम्मका लागि औपचारिक सम्झौता भएको हो ।

    साफ फुटबल प्रतियोगितामा नेपाललाई पहिलो पटक फाइनलमा पुर्‍याएका उनी माल्दिभ्सबाटै स्वदेश फर्किएका थिए । अलमुताइरी गत साता कतार फुटबलसँगको सम्झौतापश्चात नेपाल फर्किएका हुन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय