• कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दाबी

  • कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेश गरेका छन् ।

    मंगलबार अपराह्न प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष नेता शाहीले २१ सांसदको समर्थन रहेको भन्दै दाबी पेश गरेका हुन् । उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मुख्यमन्त्रीका लागि दाबी गरेका छन् ।

    ४० सदस्यीय प्रदेश सभामा अहिले माओवादी १२, कांग्रेसका ६ र एकीकृत समाजवादीका तीन सांसद छन् । त्यस्तै, नेकपा (एमाले) का १३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद छन्।

    सोमबार महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीबाट राजीनमा दिएपछि प्रदेश प्रमुख कलौनीले सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय