• प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

  • प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राई मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    यसअघिका मुख्यमन्त्री एमालेका नेता भीम आचार्यले सोमबार राजीनामा दिएपपछि गठबन्धन दलका सांसदहरूले राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अधिकारीसमक्ष दाबी पेस गरेका थिए ।

    प्रदेश प्रमुख अधिकारीले मुख्यमन्त्रीमा शपथ ग्रहणका लागि २ बजेको समय निर्धारण गरेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय